शनिबार, वैशाख १३, २०८२

आम नेपाली कृषिमा मात्रै होईन उद्योगमा पनि लगानी गर्न चाहँदैनन्

नेपालखोज २०७७ असार १५ गते १३:४९

अहिले हामी लकडाउनको अवस्थामा छौं । करिब १२ देखि १५ लाख विदेशिएका युवा नेपाल फर्कन सक्ने सम्भावना रहेको छ । तपाई फरक व्यवसायमा रहेको मान्छे कृषिमा हुनुहुन्छ किन ?
व्यापारबाट अवकास लिएको दुई वर्ष भयो । देशको लागि केही गर्नुपर्छ भन्ने थियो । गोल्यान समुहको सल्लाह बमोजिम अर्गानिक खेती गरौं शहरलाई पनि हरियाली बनाऔं भनेर हाम्रो अनुभवको सदुपयोग गरेको हो । हामी जनतालाई पनि यही चाहिएको छ जस्तो लाग्छ ।

दुईवर्षदेखि कृषिमा हुनुहुन्छ , तपाईको अनुभवले कृषिमा भविष्य देखेको छ ?
कृषिको भविष्य उज्जवल छ । तर यसको बाटो धेरै कठीन छ । कठीन बाटो मलाई मन पर्छ । नेपालमा धागोको व्यवसाय गर्ने आँट कसैले नगर्दा २५ वर्ष अगाडि नै मैले २ अर्ब लगानी गरेर धागोको व्यवसाय सुरु गरेको थिएँ । एक्सपोर्टमा त्यति ठुलो लगानी गर्नु सानो हिम्मत थिएन । आज पनि यो उद्योगले सबैभन्दा धेरैलाई रोजगार दिएको छ ।

रासायनिक कृषि हाबी छ , यस्तो बेलामा अर्गानिक कृषि गर्छु भन्नुभएको छ । चुनौती छैन ?
चुनौती हरेक क्षेत्रमा हुन्छ । मैले २५ गाउँका करिब हजारभन्दा धेरै किसानसँग मिलेर परीक्षण गरिसकेको छु । हाम्रो योजना साना किसानका लागि हो । अर्गानिक मा मिहिनेत धेरै गर्नुपर्छ । तर, यसमा एकपटक लगानी गरेपछि यसले विस्तारै प्रतिफल दिँदै जान्छ । पछि लागत घट्दै जान्छ र नाफा हुँदै जान्छ । अनि हामी आफ्नो उत्पादन निर्यात गर्न सक्ने अवस्थामा पुग्छौं ।

लामो समय उद्योगमा काम गरेको मान्छे एक्कासी कृषिमा लाग्नुको पछाडि केही त रहस्य होला नि ?
साठी सत्तरी प्रतिशत तरकारी हामीले आफैं उत्पादन गरेपनि फलफूल पञ्चानब्बे प्रतिशत आयात गर्छौ । अहिले हामीले पैंतिस बिगाहामा स्ट्रबेरी खेति ग¥यौं । यो साल असिना पर्यो र बिग्रियो त्यो आफ्नो ठाँउमा छ । प्राकृतिक प्रकोपसँग जुध्न नसकेपनि खेप्न सक्नुपर्छ । कृषि जोखिमको व्यवसाय हो । स्ट्रबेरीबाट हुने मुनाफा मैले त अन्यमा देखेको छैन ।

सरकारले दिने कृषि ऋण लिनुभएको छ कि छैन ?
मेरो आफ्नो परिवारका ८ वटा कम्पनी छन् । मैले दुई सय बिगाहा जमिन किनेँ । तिनवटा कम्पनीबाट ऋण पाएँ, पाँच वटाका लागि दिएन । सरकारबाट ११–१२ करोडमात्र पाएको छु । म यतिबेला किसानहरुका लागि काम गरिरहेको छु । सहुलियत पाईन भनेर कहीँ जान मन छैन ।

तपाई विदेश निर्यात गर्ने योजना बनाएर हिड्नुभएको तर आम नागरिक कृषिमा लाग्न चाहिरहेका छैनन् किन होला ?
आम नेपाली कृषिमा मात्रै होईन उद्योगमा पनि लगानी गर्न चाहँदैनन् । आज ट्रेडिङ्ग व्यवसायीले करौडांै कमाएका छन् । हाम्रो व्यवसायमा नाफा थोरै हुन्छ तर टे«डिङ्गमा धेरै । मैले आफ्नो तथा देशको लागि केही गरौं भन्ने मानसिकता बोकेको छु । त्यसैले कृषिमा लागेको हुँ । ठुला र साना किसान मिलेर कृषिलाई अगाडी बढाउनुपर्छ । सवै आम नागरिकलाई पनि म भन्छु– आउनुहोस, सँगै मिलेर नेपालको कृषि क्षेत्रलाई अगाडि बढाऔं ।

नेपालको सन्दर्भमा साना किसानलाई उद्योगीसँग जोड्ने परिपाटी अझै देखिएको छैन नि ?
हो, अब गनुपर्ने पहिलो आवश्यकता नै त्यही हो । म आफ्नो हिसाबले गर्दैछु । म बाटो खोल्न तयार छु । सबैभन्दा पहिले बाटामा आउने अप्ठ्याराहरु सरकारले हटाइदिनुपर्छ । तिनै तहका सरकारले कृषिलाई जोड दिनुपर्छ । हाम्रा स्थानीय तहमा कति जग्गा छ, त्यो जग्गाको मालिक को हो, कति बजेट आयो, उसलाई के आवश्यक छ ? मल, बिउ बिजन, जोत्ने ट्रयाक्टरलगायतका साधनहरु उपलब्ध गराईदिने, किसानसँग समन्वय गर्ने । भण्डारणका लागि कृषि प्रशोधनमा सहयोग गर्ने । धेरै बजेट लाग्दैन ।

तपाईले भनेको जस्तो जहाँ हामीले उत्पादन गरिरहेका छौं, बजारसम्म पहुँच पुर्याउन उद्यमीहरुले लगानी गर्न चाहदैनन् भने त्यहाँ पनि त समस्या आउछ नि ?
हामीले यतिबेला साना उद्यमीलाई प्रोत्साहन गर्ने हो । अहिले सानो लगानी गरौं । तपाईंले भनेजस्तो अब १२ देखि १५ लाख युवा स्वदेश फर्कन्छन्, उनीहरुलाई यस क्षेत्रमा लगानी गर्न उत्प्रेरित गरौं । पैसाको महत्व बुझेर आएका हुन्छन् । सरकारले उनीहरुका लागि विशेष योजना ल्याउनुपर्छ । अब बजारीकरणको कुरा आयो । मैले ‘माटो’ ब्राण्डको तरकारी बेचिरहेको छु । त्यहाँ मैले आफै सामान किन्छु । लकडाउनको समयमा पनि महिलाहरुले धेरै मेहनत गरिरहनु भएको छ । उहाँहरुलाई म नमन गर्छु । उहाँहरुको महिला उद्यमी महासंघ पनि छ ।

लगानी गर्ने कुरा कृषिमा जोडिएपछि पुर्ण रुपमा वेवास्ता गरिन्छ किन ?
एन एम बि बैंकको अध्यक्ष भएको नाताले करिब एक वर्षमा रिर्टन मार्टेनको एशोसिएसनसँग मिलेर एकहजार जनालाई दश लाख कर्जा दिन्छौं भनेर हामीले सम्झौता गरेका छौं । त्यस्तै हाते कागज संघ, महिला उद्यमी संघसँग पनि हाम्रो सम्झौता छ । लकडाउन सुरु हुनभन्दा पहिले नै १ सय ६० महिलालाई कर्जा पु¥याईसकियो अब ६ सयजनालाई पु¥याउने उद्देश्य छ ।

आम बैंकहरुले चाहि कृषि कर्जामा जोखिम छ दिनुहँुदैन भन्ने हुन्छ र ?
आज म बैैक तथा वित्तिय परिषद्को अध्यक्ष भएको नाताले मैले आफ्नो तर्फबाट जोड दिएको छु । रिस्क कम भएको विषयमा ऋण दिने भन्ने सबैलाई हुन्छ । अहिले कृषि विकास बैक र राष्ट्रिय बाणिज्य बैंकले दिइरहेको छ । विस्तारै सानिमा, मेगालाई पनि ल्याउने प्रयास गरेको छु । कृषिलाई नबढाई हामी देशको विकास गर्न सक्दैनौ भन्ने कुरा मैले बुझेको छु ।

भनेपछि हामी निर्यात गर्न सक्ने अवस्था आउछ ?
हामीले जुन दुई खर्बको तरकारी तथा फलफूल आयात गर्छौ त्यसलाई ३ वर्षभित्रमा एक खर्बमा झार्ने मेरो लक्ष्य रहेको छ । सरकारले यो अहिलेको बजेटमा कृषिका लागि धेरै कुरा समेटेकोे छ । तर, चुनौती कार्यान्वयन पक्षमा देखिन्छ । बजेटअनुसार जाने हो भने हामीले निर्यात गर्ने दिन छिट्टै आउँछ ।

विगतको तुलना गर्दा ५ वर्षमा कृषि मन्त्रालयमा रोखेको बजेट र अहिलेको बजेट हेर्ने हो भने भित्र कुरा उही बाहिर बोक्रो भन्ने कृषि विज्ञहरुको आरोप छ । यसलाई कसरी लाने होला त ?
गएको वर्ष र अहिलेलाई केलाएर हेर्ने हो भने मैले धेरै कुरा पाएको छु । भूमि बैंकको कुरा धेरै विज्ञहरुले अझै बुझुनुभएको छैन । अर्को कुरा कृषि प्रशोधन केन्द्र बनाउने अनि करिब १ सय ठाउँमा भण्डारण गर्ने केन्द्र बनाउने भन्ने कुरा छ । र, अर्को बजारसँग जोड्ने काम भयो भने आज हामीले आयात गरेको खाद्यान्न निर्यात गर्न सक्छौ । त्यो भाषणमा मात्रै सीमित नरही कार्यान्वयनमा आउनुपर्छ । ३ तहको सरकारले नै कृषिमा जोड दिएन भने काम हुन मुस्किल पर्छ । खर्च नहुने बजेटमा नथन्कियोस् । प्रधानमन्त्रीले एउटा संरचना बनाएर बोर्ड गठन गरी आफैं अध्यक्ष बनेर यसको कार्यान्वयन गर्नुपर्छ । एकपटक बनाएको संरचनाले सँधैका लागि काम गर्छ । हामीले साना उद्योगको स्थापना गर्नुपर्छ ।

भिडियाे हेर्न यहाँ क्लीक गर्नुहाेस्

प्रतिक्रिया