मंगलबार, असार १०, २०८२

ललितानिवास : थुनामा रहेका आरोपीमध्ये दुईजना रिहा, अन्य ५ दिन थप हिरासतमा राख्न अनुमति

नेपालखोज २०८० साउन ३१ गते १९:००

काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा अनुसन्धानका लागि थुनामा रहेका आरोपीमध्ये दुईजना रिहा भएका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतमा रहेका मालपोत कार्यालयका तत्कालिन प्रमुख धर्म गौतम र समरजंग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरेलाई जिल्ला अदालत काठमाडौंले रिहा गर्न आदेश दिएको हो ।

उनीहरुलाई उमेर र स्वास्थ्यको कारण देखाएर रिहा गर्न आदेश दिएको अदालतले मुद्दा बुझाउँदासँगै उपस्थित गराउन भनेको सीआईबीले जनाएको छ । सीआईबीको हिरासतमा रहेका अन्य आरोपितलाई भने जिल्ला अदालतले ५ दिन थप हिरासतमा राख्न अनुमति दिएको छ ।

प्रतिक्रिया