समुद्रमा प्लाष्टिक प्रदुषण

काठमाडाैं । नेचर जियोसाइन्स जर्नलमा प्रकाशित एक अध्ययन अनुसार ठूला तैरिरहेका प्लास्टिकका टुक्राहरूको प्रचुर मात्राका बाबजुद समुद्रमा प्लाष्टिकको कुल मात्रा पहिले सोचेभन्दा धेरै कम भएको देखाउँछ । समुद्रमा प्लास्टिक प्रदूषण २५ मिलियन मेट्रिक टन भन्दा बढी हुने अनुमान गरिएको छ, जसमध्ये एक चौथाई मिलियन टन सतहमा तैरिरहेको छ ।
अध्ययनले समुन्द्रको सतहमा प्लाष्टिकको मात्रा एकदमै बढी अर्थात करिब ३ करोड टन रहेको बताएको छ । त्यहाँ वरिपरि माइक्रोप्लास्टिकका टुक्राहरू तैरिरहेका छन् । नेदरल्यान्ड्सको उट्रेच युनिभर्सिटीका अन्वेषकहरूले रिपोर्ट गरे अनुसार सतहमा तैरिरहेका ठूला टुक्रालाइ माइक्रोप्लास्टिकको तुलनामा सफा गर्न सजिलो हुन्छ । सतहमा फेला परेको बढी प्लास्टिक र भर्खरै फेला परेको कम प्लास्टिकको संयोजनले फोहोर पहिले सोचेभन्दा लामो समयसम्म समुन्द्रमा रहने संकेत गर्छ ।
यसको अर्थ प्लाष्टिकको फोहोरलाई सम्बोधन गर्ने उपायहरूले प्रभाव पार्न लामो समय लिनेछ – अध्ययनका प्रमुख लेखक भन्छन् । अहिले नै काम नगर्ने हो भने यसको असर लामो समयसम्म रहने उनको भनाइ छ । विश्वका महासागरहरूमा प्लास्टिक प्रदूषणको मात्रा निरन्तर बढिरहेको छ । अनुसन्धानकर्ताहरूका अनुसार थप रोकथाम र सरसफाइ नगरे प्लास्टिकको फोहोर दुई दशकभित्र दोब्बर हुनसक्छ ।
संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमका अनुसार प्लास्टिकको फोहोरले प्रत्येक वर्ष १० लाखभन्दा बढी समुद्री पक्षी तथा १ लाख समुद्री स्तनधारीलाई मार्छ । आगामि नोभेम्बरमा प्लास्टिक प्रदूषण विरुद्ध लड्न बहुप्रतीक्षित अन्तर्राष्ट्रिय संयुक्त राष्ट्र सन्धिको पहिलो मस्यौदा आउने पुर्वसंध्यामा यो नयाँ अध्ययन सार्वजनिक भएको हो ।
प्रतिक्रिया