भदौ १ गतेसम्म देशभर ९२ प्रतिशत रोपाइँ, कुन प्रदेशमा कति भयो ?
नेपालखोज
२०८० भदौ ५ गते १३:५२

काठमाडाैं । भदौ १ गतेसम्म नेपालमा ९२ प्रतिशत रोपाइँ सकिएको छ । अहिलेसम्म १४ लाख ८८ हजार ४९ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ ।
हालसम्म कोशी प्रदेशमा ९७ प्रतिशत, मधेश प्रदेशमा ८२ प्रतिशत, वाग्मती प्रदेशमा ९३ प्रतिशत, गण्डकी प्रदेशमा ९४ प्रतिशत, लुम्बिनी प्रदेशमा ९५ प्रतिशत, कर्णाली प्रदेशमा ९९ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा पनि ९९ प्रतिशत नै रोपाइँ सकिएको छ । गत वर्ष यही समयमा देशभर ९५ प्रतिशत भूभागमा रोपाइँ सकिएको थियो ।
स्रोत : कृषि तथा पशुपन्छी विकास मन्त्रालय
सम्बन्धित
प्रतिक्रिया