कोशी सरकारविरुद्ध फेरि अदालत जाँदै एमाले
नेपालखोज
२०८० भदौ ५ गते १६:१४

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधानको हुर्मत लिएर विश्वासको मत लिएको भन्दै नेकपा एमाले बदरको मागसहित सर्वोच्च अदालत जाने भएको छ ।
प्रदेश नियमावली र संविधानका धारालाई छलेर थापाले जबर्जस्ती विश्वासको मत पाएको घोषणा गरिएको भन्दै अदालत जाने तयारी भएको एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले बताए ।
उनले संसदीय दलले समेत रिट दायर गर्ने निर्णय गरेको बताए । भोलि नै रिट दर्ता गराउने एमालेको तयारी छ ।
सम्बन्धित
प्रतिक्रिया