बालेनले प्राधिकरणले मागेको स्पष्टीकरणको जवाफ दिनुपर्ने
नेपालखोज
२०८० भदौ ६ गते १९:१०

काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपाल नागरिक उड्डयन प्राधिकरणविरुद्ध दायर गरेको रिट उच्च अदालत पाटनले खारेज गरिदिएको छ ।
महानगरपालिकाले जेठ ३२ गते प्राधिकरणसँगको समन्वय बिनानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको फेन्सिङ तारबार हटाएकोमा उक्त कार्यपछि प्राधिकरणका महानिर्देशकले महानगरका प्रहरी प्रमुखलाई पत्र लेख्दै ७ दिने स्पष्टीकरण सोधेका थिए ।
महानगरले स्पष्टीकरण नदिने भन्दै उच्च अदालतमा मुद्दा दायर गरेकोमा उच्च अदालतले रिट खारेज गरिदिएको हो । रिट खारेज भएसँगै बालेनले असार १ गते प्राधिकरणले मागेको स्पष्टीकरणको जवाफ दिनुपर्ने छ । जवाफ पेस नगरे बालेनलाई प्राधिकरणले ५० हजार रुपैयाँसम्मको जरिवाना गर्न सक्ने छ ।
सम्बन्धित
प्रतिक्रिया