रास्वपा संसदीय दलको बैठक बस्दै
नेपालखोज
२०८० भदौ ८ गते ९:४२

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दै छ । बैठक साँझ ५ बजे पार्टी दलको कार्यालयमा बस्ने छ ।
आज बस्ने संसदीय दलको बैठकमा भदौ ११ गते हुन लागेको संसदका विषयगत समितिका सभापतिहरूको निर्वाचन, संसदमा पार्टीले दर्ता गरेका संकल्प र सार्वजनिक महत्त्वका प्रस्तावको विषयमा छलफल हुने जनाइएकाे छ ।
त्यस्तै पार्टीको आगामी संसदीय अभ्यास र विविध विषयमा आधारित रहेर छलफल हुने पनि उनले जानकारी दिइन् ।
सम्बन्धित
प्रतिक्रिया