कमला नदीमा बाढीले सतर्कता तह पार गर्याे, उच्च सतर्कता अपनाउन आग्रह
नेपालखोज
२०८० भदौ ११ गते ६:२१

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाका अनुसार कमला नदीमा बाढीले सतर्कता तह पार गरेको छ ।
जलसतह बढ्नेक्रममा रहेका कारण तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागहरूमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रहसमेत गरेको छ ।
कमला नदी, सिन्धुली रानीबासस्थित बाढी मापन केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेको महाशाखाले जनाएकाे छ ।
कोसी र वाग्मती प्रदेशका केही स्थानमा पनि वर्षा भइरहेका कारण केही नदी तथा खोलामा बहाव बढेको महाशाखाले जनाएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया