शुक्रबार, वैशाख १२, २०८२

बिश्वास नगर्नुस यस्ता ब्यक्तिलाई

नेपालखोज २०८० भदौ ११ गते ७:२८

काठमाडौं । महाज्ञानी विदुरले विदुर नीतिमा संकलित केही यस्ता नीतिहरू उल्लेख गरेका छन् जुन आज पनि सफल र आरामदाक जीवन बिताउन सहयोगी साबित हुन सक्छन ।

महात्मा बिदुरका अनुसार मानिसको जीवनमा पैसा एउटा महत्वपूर्ण चीज हो … त्यसैले पैसा लेनदेन निकै सावधानीपूर्वक गर्नुपर्छ।

अल्छीलाई पैसा नदिनु

विदुर नीति अनुसार अल्छी व्यक्तिलाई गल्तीले पनि आफ्नो पैसा दिनुहुँदैन । अल्छी मानिसले आफ्नो पैसा फिर्ता गर्न कुनै काम वा प्रयास गर्दैन । आलस्य सधैं उसको मनमा हावी हुन्छ। यस्तो अवस्थामा आफ्नो पैसाको हानि मात्र सामना गर्नुपर्ने हुन्छ। यदि अल्छी व्यक्तिलाई पैसा दिइएको छ भने, त्यो रकम फिर्ता आउने सम्भावना निकै कम हुन्छ ।

लोभीलाई पनि दिनुहुँदैन धन

महाज्ञानी विदुरका अनुसार लोभी मात्र नभएर गलत काममा संलग्न व्यक्तिलाई पनि आफ्नो धन दिनुहुँदैन । त्यस्ता व्यक्तिले तपाईंको गलत काममा उक्त धन प्रयोग गर्छन्। यस्तो अवस्थामा उनीहरुले गरेको पापमा हामि पनि सहभागी हुन पुग्छौं ।

यसका साथै लोभका कारण उनीहरुले पैसा फिर्ता गर्ने प्रयास समेत गर्दैनन् । त्यस्ता व्यक्तिलाई पैसा दिएर घाटा मात्र सामना गरिन्छ ।

जसमाथि विश्वास छैन

विदुर नीति अनुसार जसमाथि आफ्नो विश्वास छैन त्यस्ता मानिसलाई पैसामा पनि विश्वास गर्नुहुँदैन । जो विश्वासयोग्य छैन उसले निश्चित रूपमा धन हानि गर्छ । पहिले नै धोका दिने मानिसलाई कसैले पनि विश्वास गर्ने गल्ती गर्नु हुँदैन।

प्रतिक्रिया