मंगलबार, असार १०, २०८२

राष्ट्रपति पौडेलसँग उपप्रधानमन्त्री खड्काको भेट

नेपालखोज २०८० भदौ ११ गते २०:२७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले भेटवार्ता गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज उपप्रधानमन्त्री खड्काले उनीसँग भेटवार्ता गरेको उपप्रधानमन्त्री खड्काको सचिवालयले जनाएको छ ।

सो अवसरमा उपप्रधानमन्त्री खड्काले मुलुकको शान्ति सुरक्षालगायतका विषयमा राष्ट्रपति पौडेलसँग छलफल गरेका थिए ।

प्रतिक्रिया