मंगलबार, असार १७, २०८२

बालिकाको मृत्युपछि गुल्मी अस्पतालमा तनाव

नेपालखोज २०८० भदौ १२ गते ११:१३

गुल्मी । गुल्मी अस्पतालमा उपचारत एक जना बालिकाको मृत्यु भएपछि तनाव भएको छ ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडानम्बर ७ काउले निवासी ७ वर्षकी प्रशंसा मरासिनीको मंगलबार बिहान उपचारका क्रममा मृत्यु भएको हो ।

बालिकाको मृत्यु भएपछि आफन्तले अस्पतालको लापरबाहीले मृत्यु भएको भन्दै शब उठाउन नमानी प्रदर्शन गरेपछि अस्पताल तनावग्रस्त भएको छ । बालिकालाई सोमबार उपचारको लागि गुल्मी अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालमा तनावग्रस्त भइसकेपछि अहिले अस्पताल प्रशासन र बिरामीका आफन्तबीच छलफल भइरहेको छ ।

प्रतिक्रिया