डा. शेखर फरक रुपमा आफुलाइ प्रस्तुत गर्दै

काठमाडौं । नेपाली काग्रेस भित्र धेरै नेताहरु छन । शिर्ष नेता देखी कनिष्ठ सम्म । काग्रेस भित्र काग्रेसका केन्द्रिय पदाधिकारी देखी मनोनित सदस्यहरु र भातृ संगठन सम्मका सबै काग्रेसका नेताहरु नै हुन ।
अहिले देशमा गठवन्धनको सरकार छ । गठवन्धनको सरकारले गरेका सबै निर्णयहरु सबै ठिक छन र सबै निर्णय र गठवन्धनको रणनीति र अभिव्यक्ती पनि सबै ठिक र सही छन भन्ने अवस्था पनि नहुन सक्छ । गठवन्धनको सरकारले गरेका सबै निर्णय संविधान सम्मत पनि नहुन सक्छ । यस्तो अवस्थामा गठवन्धननमा सम्मिलित दलहरु र दलका नेताहरुले सरकारले दिएको अभिव्यक्ती र गरेका निर्णयहरु संविधान संगत नभएपनि स्विकार्दै गरेको समर्थन गरेको कारणबाट देशमा शुशान हराउदै गएको छ ।
यस्तो राजनीतिक घटनाक्रमले कुनै पनि दलमा राजनेता जन्माउदैन ! सत्ता र शक्तिको लोभमा ,आसक्तीमा र दलका सभापती र दलका प्रधानमन्त्री रिसाउन्छन भनेर उनिहरुको नजिक रहने प्रवृती अत्यन्तै मौलाएर आएको छ । यहांंसम्मकी गठवन्धन सरकार र त्यस सरकार समेटिएका मन्त्रीहरु वहिर्गमन हुनु पर्छ की भन्ने भय र त्रास मन्त्री र सम्बन्धित दलका सभापतिहरुमा छ । यही कारणबाट पनि सत्ता र सक्तीको लोभ र आसक्ती नै प्रमुख देखिएको छ ।
संघ र प्रदेस सम्म अहिले यस्तै भइरहेको छ । के पी ओली प्रधानमन्त्री हुदा दुइ दुृइ पटक संसद विघटन गर्नु र कोशी प्रदेसमा संविधान विपरित असंगत तरिकाले दुइ दुइ पटक काग्रेसबाट मुख्यमन्त्रीले विस्वासको मत लिने प्रकृयालाइ अदालतले बदर गरिदिनु सम्मका अवस्थामा सम्बन्धित दल र त्यस दलमा आवध्द नेताहरु प्रतिरक्षामा उभिनु गलत अभ्यास र संस्कार दलहरुमा हुर्किरहेको देखिन्छ ।
अहिले आफ्नो दल होस या अन्य दल,जुन सुकै दलका नेताको गैरजिम्वेवार अभिव्यक्ती र संविधान विपरीत गरेका निर्णयमा चोर औला देखाउने र विरोध गर्ने नेताहरु न्युन छन र त्यसमा पनि शिर्ष नेताहरु छैनन् । मुलुकमा रहेको यस्तो विसम परिस्थितींमा चोर औला देखाउने र प्रतिवाद गर्ने नेताको आवस्यक्ता जनताले आश गर्न थालेका छन । त्यस्तो नेताको मुलुकमा आवस्यकत्ता महसुश हुन थालेको छ । यस्तो भएमा मात्र मुलुकले भविस्यमा राजनेता उत्पादन गर्न सक्छ ।
अहिले कोइराला परिवारको विरासत बोकेको कोइराला परिवार भित्र दिवंगत भएका नेताहरुमा ‘यो काम म गर्छु’ भन्ने दृढ विस्वास भएको देखिएको हुदा त्यही चरित्र र संस्कार रहेको डा. शेखर कोइरालामा देखिदैछ ।
डा.शेखर कोइराला चौंधो महाधिवेशन हुदा जसरी प्रस्तुत भएका थिए, त्यो भन्दा अझ परिमार्जीत अझ सुसंस्कृत हुदै नेपाली काग्रेस भित्र मात्र नभएर समग्र नेपालको राजनीतिमा आफुलाइ प्रस्तुत गर्दै आइरहेका छन ।
अहिले उनले समसामयिक घटना र सरकारबाट भएका गलत निर्णय र गैर जिम्बेवार अभिव्यक्ती विरुध्द जसरी चोर औला र प्रतिबाद गर्ने गरेका छन । उनको त्यो प्रस्तुत हुने शैलीले आफुलाइ राजनेताको कोटीमा उभ्याउन थेरापी गरिरहेकाछन् ।
प्रतिक्रिया