प्राधिकरणकाे नयाँ मापदण्ड तयार, नयाँ कम्पनीसँग तीनवटा जहाज अनिवार्य हुनुपर्ने
नेपालखोज
२०८० भदौ १५ गते १८:३६

काठमाडौं । वायुसेवा सञ्चालन गर्ने नयाँ कम्पनीसँग तीनवटा जहाज अनिवार्य हुनुपर्ने भएको छ । हवाई सेवा सञ्चालन सर्टिफिकेट गाइडलाइन्सको दशौं संशोधन गर्दै प्राधिकरणले नयाँ मापदण्ड तयार गरेको हो ।
हाल वायुसेवा सञ्चालन गरिरहेका कम्पनीको आगामी पाँच वर्षमा पाँचवटा जहाज संख्या पुर्याउनु पर्ने नियम पनि जारी भएको छ ।
नयाँ मापदण्डअनुसार वायु सेवा सञ्चालन गर्न इच्छुक नयाँ कम्पनीसँग अब न्यूनतम ३ वटा जहाज हुनुपर्नेछ । सबै वायु सेवा कम्पनीहरुले ५ वर्ष भित्र जहाजको संख्या न्यूनतम ५ पुर्याउनु पर्नेछ भने यसो गर्न नसक्ने कम्पनीहरु मर्जरमा गए पनि मान्य हुने नीति प्राधिकरणको छ ।

सम्बन्धित
प्रतिक्रिया