कोइरालाको आज ९६ औ जन्मजयन्ती मनाइदै
नेपालखोज
२०७७ असार १८ गते १३:०७
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको आज ९६ औ जन्मजयन्ती मनाइदैछ ।
कोरोना महामारीको यो अवस्थामा कोइरालाको जन्मजयन्तीको अवसरमा अनलाइन माध्यमबाट काँग्रेसनिकट संघसंस्थाले विभिन्न कार्यक्रम गर्दैछन् ।
गिरिजाप्रसाद कोइरालाको जन्म वि.सं १९८१ असार १८ मा भारतको बिहार राज्यका टेडी सहर्षामा भएको थियो । सशस्त्र विद्रोह सञ्चालन गरेको तत्कालीन नेकपा माओवादीलाई राजनीतिको मूलधारमा ल्याउने र गणतन्त्र स्थापनाको प्रमुख श्रेय गिरिजाप्रसादलाई जान्छ ।
कोइराला मुलुकमा पाँचपटक प्रधानमन्त्री भए भने चार कार्यकाल पार्टी सभापति भए । कोइरालाको ८५ वर्षको उमेरमा २०६६ चैत ७ मा निधन भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया