मंगलबार, असार १७, २०८२

थापाथलीको रातो पुल

सुनिल उलक २०८० भदौ १७ गते ८:०४

नेपालमा बनाइने पक्की पुलहरुमा सबैभन्दा बढि झोलुङ्गे पुलहरु नै रहेको छ । कम खर्चमा बनाउन सकिने भएको हुँदा पनि यो पुल नेपालका दुर्गम गाउँहरुमा यस प्रकारको झोलुङ्गे पुलहरु बनाइएको हो । राणाकालमा पनि सरकारी तवरमा सबैभन्दा बढि झोलुङ्गे पुलहरु नै बनाइएको देखिन्छ ।

नेपालमा पक्की पुलको इतिहास भने भीमसेन थापाको पालामा थापाथलीको बागमती नदी माथि बनाइएको काठे पुललाई लिने गरिन्छ । वि.सं. १८६८ मा बनाइएको थापाथली कुपण्डोल बिचको बागमती नदीको पुल नै नेपालको पहिलो पक्की पुल हो ।

इँटामा चुना सुर्किको जोडाइबाट खोलाको बिच बिचमा समेत पिलर उठाएर बनाइएको काठे पुललाई चन्द्रशम्शेरले ११६ वर्ष पछि बिस्थापित गराइ काठको ठाउँमा स्टीलका बिमहरु राखेर पुल बनाएका थिए ।

स्कटल्याण्डको एबरडीनबाट स्टीलका सामग्रीहरु ल्याएर स्वदेशी इञ्जिनियर कर्णेल कुमार नरसिंह राणाको रेखदेखमा नै बनाउन लगाएका थिए ।

एबरडीनबाट सामग्रीहरु ल्याएर झोलुङ्गे पुलहरु निर्माण गरिदै आएकोमा यहाँ भने खोलाको गहिराई कम भएको तथा पुल निकै लामो बनाउनु पर्ने तथा पहिले नै भीमसेन थापाको पालामा बनाइएका पिलरहरु नदीमा रहेको हुँदा झोलुङ्गे पुलको सत्ता पक्की फलामे पुल निर्माण गरिएको थियो ।

वि.सं. १९८४ मा निर्माण गरिएको यस पुललाई चन्द्र ब्रिज भन्ने गरियो । साथै रातो रङ लगाइएको हुँदा रातो पुल पनि भन्ने गरिन्थ्यो ।

प्रतिक्रिया