शनिबार, असार १४, २०८२

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

नेपालखोज २०७७ असार १८ गते १६:४४

धनगढी । सुदूरपश्चिम प्रदेशको प्रदेशसभा बैठक पाँचौ पटक स्थगित गरिएको छ। प्रतिपक्षीको अवरोधका कारण लगातार स्थगित हुँदै आएको बैठक आज दिउँसो ३ बजेका लागि आह्वान गरिएको थियो।

सरकार र प्रतिपक्षी दलबीचको वार्ता जारी भएपछि बैठक स्थगित गरिएको सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए। सभामुखलाइ बैठक सार्न आग्रह गरेपछि सूचना टाँसेर स्थगित गरिएको बताइएको छ।

अहिले सरकार र प्रमुख प्रतिपक्षी दल, प्रतिपक्षी दलबीच छलफल जारी रहेको छ। सभाको बैठक २१ गते विहान ८ बजेसम्मका लागि स्थगित गरिएको सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए।

प्रतिक्रिया