मंगलबार, असार १७, २०८२

कोशी विवाद : पूर्ण इजलासले मतदानको भिडियो फुटेज हेर्ने

नेपालखोज २०८० भदौ १९ गते ११:२९

काठमाडौं । कोशी प्रदेश सरकारको वैधानिकताको मुद्दा हेरिरहेको  सर्वोच्च अदालतको पूर्ण इजलासले मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा भएको मतदानको भिडियो नै हेर्ने भएको छ ।

न्यायाधीश सपना मल्ल प्रधान, डा. कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा सोमबार रिट निवेदकहरुको तर्फबाट बहस भएको थियो । आज प्रतिवादीहरुको तर्फबाट बहस हुनेछ ।

प्रतिक्रिया