रोजगारी गुमाएर फर्किनेहरुलाई स्थानीय स्तरमै स्वरोजगार
झापा । कोरोना भाइरसको महामारीले विदेशबाट रोजगारी गुमाएर फर्किनेहरुलाई स्थानीय स्तरमै स्वरोजगार तथा उद्यमी बनाउनका लागि प्रदेश एकका स्थानीय तहदेखि प्रदेश सरकार केन्द्रित भएका छन् ।
स्थानीय र प्रदेश सरकारले उनीहरुलाई लक्षित गरी आर्थिक वर्ष २०७७र७८ को नीति, कार्यक्रम तथा बजेटमार्फत बिभिन्न कार्यक्रम ल्याएको छ ।
प्रदेश १ सरकारले कोरोना भाइरस महामारीले विदेशमा रोजगारी गुमाएर फर्किन चाहेका र फर्किसकेका युवाहरुलाई अनलाइन फर्म भर्न लगाएर तथ्यांक संकलन गरिरहेको छ । उनीहरुले विदेशमा सिकेका सीप तथा अनुभवले उद्यम गर्न प्रदेश सरकारले ३ करोड बजेट विनियोजन गरेको छ ।
विदेशमा बसेका र महामारीले रोजगारी गुमाएर विदेशबाट फर्केका युवाहरुले आफ्ना ज्ञान, सीप, क्षमता र अनुभवको बारेमा फर्म भरेर जानकारी गराउन प्रदेश सरकारले आह्वान गरेको छ ।
मुलुकको औद्योगिक आधारस्तम्भ विराटनगर महानगरले युवाहरुलाई सीपमूलक तालिम मार्फत स्वरोजगार बनाउने कार्यक्रम ल्याएको छ ।
प्रतिक्रिया