बुधबार, असार ४, २०८२

सुनको मूल्य प्रतितोला एक लाख १२ हजार

नेपालखोज २०८० भदौ २१ गते १२:०५

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख १२ हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला चार सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार चार सय ५० तोकिएको छ ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० ले घटेर एक हजार चार सय १० तोकिएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया