आज विभिन्न देशबाट ९ सय बढी स्वदेश फर्किदैँ
नेपालखोज
२०७७ असार १९ गते १३:२९
काठमाडौँ । आज विभिन्न पाँच देशबाट ९ सय भन्दा धेरै नेपाली स्वदेश आउँदै छन् । कतार, युएइ, मलेसिया, अमेरिका र युरोपबाट नेपाली आउन लागेका हुन ।
विहान सवा ६ बजे कतारबाट नेपाल एयरलाइन्सको विमान मार्फत १ सय ४५ जना स्वदेश फर्किएका नेपाल नागरिक उड्यन प्राधिकरणले जनाएको छ । दिउँसो दुइ बजे कतार एयरवेजको विमान मार्फत अमेरिका, क्यानडा र युरोपबाट १ सय ४० जना नेपाली आउँदैछन् ।
त्यस्तै युएइबाट एयर अरेविया मार्फत दिउँसो साढे एक बजे १ सय ६८ जना आउने प्राधिकरणले जनाएको छ । दिउँसो तीन बजे मालिन्दो एयरको उडान मार्फत मलेसियाबाट १ सय ७८ जना आउँदैछन् । त्यस्तै नेपाल एयरलाइन्समार्फत युएइबाट नै १५० जना आउन लागेका छन् ।
सम्बन्धित
प्रतिक्रिया