काठमाडौं महानगरपालिकामा आज शोक बिदा
नेपालखोज
२०८० भदौ २२ गते ७:०५

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज महानगरपालिका अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिने निर्णय गरेको छ ।
काठमाडौं–१६ का वडाध्यक्ष मुकुद रिजालको निधनमा महानगरले शुक्रबार बिदा दिने निर्णय गरेको हो । उनको उपचारको क्रममा बिहीबार निधन भएको थियो ।
तर, यसरी दिइएको शोक बिदामा शिक्षण संस्थाहरू भने बन्द नहुने शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी दिएका छन् । उच्च ज्वरो र निमोनियाँ देखि पछि रिजाललाई अस्पताल लगिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया