शनिबार, असार १४, २०८२

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको भाका १ वर्ष धकेलियो

नेपालखोज २०७७ असार १९ गते १८:५९

भैरहवा । भैरहवामा निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको भाका १ वर्ष पर सरेको छ । गएको वर्ष सन् २०२० को मार्चमा सञ्चालन गर्ने घोषणा गरिएको भएपनि सरकारले फेरि एक वर्ष पर सारेको छ ।

पर्यटनमन्त्री योगेश भट्टराईले सन् २०२० को डिसेम्मरसम्म निर्माणको म्याद थप गरिएको र सन् २०२१ को मार्चसम्म उडान सुरु गरिने नयाँ लक्ष्य रहेको बताए ।

कोरोना भाइरसका कारण निर्माणको काममा अवरोध भएको र लगत्तै वर्षा सुरु भएकाले निर्माण तथा सञ्चालनका लागि केही थप समय लाग्ने जानकारी दिए ।

त्यस्तै निजगढमा बनाउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थलका लागि जुरिचसँग व्यावसायिक योजना माग गर्ने समयसीमा बढाएर सेप्टेम्बरसम्म कायम गरिएको छ ।

प्रतिक्रिया