जब पीडा महसुस हुन्छ…

कतिपय मानिसहरु सामान्य मानिसहरुको तुलनामा धेरै असुविधा महसुस गर्छन् । जब कसैलाई पीडा हुन्छ, चाहे त्यो जुनसुकै कारणले होस्, चाहे त्यो मानसिक, सामाजिक, कुनै आघात वा कसैको व्यवहारको कारणले होस्, त्यो पीडा सबैलाई समान हुन्छ, तर केही व्यक्ति यस्ता हुन्छन् जसले त्यो पीडा धेरै महसुस गर्छन् वा उनीहरुमा यसको प्रभाव बढी हुन्छ ।
हामी प्रायः यस्ता व्यक्तिलाई अति संवेदनशिल मान्छौं र सोच्दछौं कि उसको मन कमजोर छ, त्यसैले उसले यो पीडा सहन सक्दैन वा धेरै महसुस गरिरहेको छ । तर, आखिर किन त्यो व्यक्तिको मन यति संवेदनशील हुन्छ जसका कारण उ अन्य व्यक्तिको तुलनामा उस्तै पीडामा पनि बढी प्रभावित हुन्छ ।
धेरै पीडामा परेका मानिसहरू अक्सर पीडामै ध्यान केन्द्रित गर्छन्। हर समय, सबै समय यही सोचिरहनु, आफ्नो ध्यान कतै जान नदिनु उनीहरुको बानी हुन्छ । जहाँ धेरैजसो मानिसहरू या त त्यो समस्यासँग बाँच्न सिक्छन् वा त्यसबाट ध्यान हटाउन आफ्नो ध्यान यता उता लगाउँछन् । कतिपय मानिसहरू पीडाबाट यति डराउँछन् कि उनीहरू चिन्तित र चिडचिडापन महसुस गर्न थाल्छन् । जसका कारण उनीहरु बढी डराउँछन् र बढि नै पीडा महसुस गर्छन् । जसका कारण पीडाले उनीहरुलाई अझ पिडित बनाउँछ र उनीहरुले त्यो पीडा पनि महसुस गर्छन् ।
पिडाको विश्लेषण आवश्यक
कतिपय मानिसहरू हरेक कोणबाट पिडाका बारेमा सोच्न थाल्छन् र यो धेरै सोचाइको कारणले हुन्छ । त्यसमा मानिसहरु त्यस्ता अवस्थाहरूका बारेमा सोच्छन जुन उनीहरुको जीवनमा हुने सम्भावना कम छ। तपाईले सुन्नु भएकै होला -जति धेरै पीडाका बारेमा सोचिन्छ, त्यति नै बढि पिडा महसुस हुनेछ । यहाँ पनि यस्तै हुन्छ ।
पीडामा हुँदा मानिसहरु अक्सर के सोच्छन भने अब यसको अन्त्य होस् । कतिपय मानिसहरु त्यो पीडा सहनुको सट्टा राम्रो नतिजा चाहन्छन् र जब त्यो पाउने आशा नै समाप्त हुन्छ तब उनीहरुको पीडा बढ्दै जान्छ। कतिपय मानिसहरू पीडालाई बेवास्ता गर्छन् र सोच्छन् – यसले उनीहरूको पीडा कम हुनेछ, तर यो सुरुमा हुन सक्छ, तर पछि गएर यो समस्या अझ बिकराल रूपमा अगाडि आउँन सक्छ ।
धेरै मानिसहरु एक्लोपनका कारण मानसिक रुपमा यति चिडचिडा र एक्लो हुन्छन् कि उनीहरुले हरेक पीडा एक्लै सहनु पर्ने हुन्छ । उनीहरुलाई अँगालो हाल्ने, हात समात्ने वा पीडा बाँड्ने कोही हुँदैन । जसका कारण सामान्य मानिसको पीडा अझ ठूलो हुन्छ । धेरै मानिसहरू आफूलाई पीडितका रूपमा हेर्छन् र सोच्छन् कि हरेक समस्या उनीहरूको हो । उनीहरु आफूभन्दा बढि पीडा अरू कसैलाई छैन भन्ने महसुस गर्छन् । यो सोच र भावनाले मनलाई पनि शिकार बनाउँछ र त्यस्ता व्यक्तिहरूलाई बढी पीडा हुन्छ ।
संवेदनशील मानिस पीडामा मात्र होइन अरु धेरै कुरामा पनि संवेदनशील हुन्छन् । अरुको भन्दा धेरै पीडा महसुस गर्ने मानिसले आफ्नै मनलाई पीडित बनाइरहेको हुन्छ । कहिलेकाहीं तिनीहरूले डरले समस्यालाई बेवास्ता गर्छन्, कहिलेकाहीं तिनीहरू यसका बारेमा धेरै चिन्तित हुन्छन् । यी दुवै अवस्थाले उनीहरूको समस्यालाई कम गर्नुको सट्टा थप बढाउँछ ।
प्रतिक्रिया