नेम्वाङको अन्तिम संस्कारमा आज देशभर सार्वजनिक बिदा
नेपालखोज
२०८० भदौ २८ गते ६:५८

काठमाडौं । सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको अन्तिम संस्कार आज हुने भएकाले देशभर सार्वजनिक बिदा दिइएको गृहमन्त्रालयले जनाएको छ । सोमबार गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जानकारी दिएको थियाे ।
आज सबै सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा हुने र ती कार्यालयहरूमा राष्ट्रिय झन्डा आधा झुकाइने मन्त्रालयले जनाएको छ । नेम्वाङकोसोमबार राति हृदयतघातबाट निधन भएका थियाे ।
सम्बन्धित
प्रतिक्रिया