सोमबार, वैशाख २९, २०८२

पूर्वप्रधानमन्त्री सरिफले गरे सरकारको आलोचना

नेपालखोज २०८० असोज ३ गते ११:५५

इस्लामावाद । प्रवासमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले पाकिस्तान सरकार आलोचना गरेका छन् ।

स्वदेश फर्कनुअघि लाहोरमा एकत्र भएका पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै पाकिस्तान मुस्लिम लिगका प्रमुख उनले देशको वर्तमान आर्थिक स्थिति नाजुक हुनु सत्तामा रहेका नेताका कारण भएको बताए ।

‘छिमेकी देश भारत चन्द्रमामा पुगिसक्यो र उसले आर्थिक रुपमा सबल देशका नेताहरूको साझा मञ्च जी ट्वेन्टी शिखर बैठक आयोजना गरिसक्यो हामी भने राज्य सञ्चालनका निम्ति रकम नभएर यो देश र त्यो देशसँग सहायता माग्न हिँडिरहेका छौँ ।

पाकिस्तानका गरिबलाई रोजीरोटी जुटाउन धौ–धौ परेको छ, हाम्रा प्रधानमन्त्री पैसा माग्दै एउटा देशबाट अर्कोमा गइरहेका छन्,’ हामीले पाकिस्तानका नेताहरूले देश र जनताका निम्ति केही नगरेकामा रोष प्रकट गर्दै नेता सरिफले भने ।

प्रतिक्रिया