तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडाैं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । साथै बंगालको खाडीको उत्तर पश्चिम भागमा न्यून चापीय क्षेत्र अवस्थित रहेको विभागले जनाएकाे छ ।
अहिले देशका सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका अधिकांश भू-भागहरुमा सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जनरचटयाङ हल्का वर्षा भइरहेको छ भने बाँकी भू-भागमा आंशिक बदली रहेको विभागले जनाएकाे छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी, बागमती र गण्डकी प्रदेशहरुको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरुका केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा कोशी र गण्डकी प्रदेशहरुको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।
प्रतिक्रिया