शनिबार, असार १४, २०८२

शिरमा कफन बाँधेर सडकमा उत्रने
यातायात व्यवसायीको चेतावनी

नेपालखोज २०७७ असार २४ गते १३:३२

काठमडौं । कोरोना महामारीले देशमा उत्पन्न असहज परिस्थितिमा सार्वजनिक यातायात व्यवसायीलाई परेको संकट तथा यसको समाधान गर्न छलफल सुरु भएको छ ।
कोरोनाको कारण २ जना यातायात मजदुरको मृत्यु भईसकेको छ ३ लाख विमाले अब यातायात मजदुर सडकमा ननिस्कनु को विकल्प नरहेको नेपाल स्वतन्त्र यातायात मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताए । ११ लाख मजदुर तथा उनीहरुमा आश्रित परिवार गरेर करिब ४५ लाख भोकै मर्ने अवस्थामा रहेको राईले बताए ।
सनुकुमार कार्कीले जस्तै ११ लाख मजदुरले आत्महत्या गर्ने समाचार आउन सरकारले धेरै दिन कुर्नु पर्दैन । सरकारले विपन्न राहतमा यातायात मजदुर पर्न सकेकन् । सरकारले यातायात व्यवसायीलाई सौतेनी व्यवहार गरेको छ । नीजि सवारीमात्र चल्न दिएर सरकारले गैरकानुनी कार्यलाई प्रोत्साहन गरेको छ । नीजिले चर्को शुल्क लिएर यात्रु बोकेको राईको गुनासो थियो ।
कर्मचारी प्रहरी तथा सरोकारवाला मिलेर व्यापक कालोबजारी गरेको आरोप यातायात व्यवसायीले लगाएका छन् ।
श्रमिकको विमा गरेर यातायात सञ्चालन गर्न माग गर्दै खान बस्न व्यवस्था गर्नुपर्ने अन्यथा ११ लाख यातायात व्यवसायी गोली चलाउन तयार हुने, शिरमा कफन बाँधेर सडकमा उत्रने समेत चेतावनी दिएका छन् ।
मजदुरलाई ५ लाख बराबरको कोरोना वीमा तथा पीपीईको व्यवस्था पनि हुनुपर्ने माग उनीहरुको थियो । ५० प्रतिशत यात्रु बोकेर सवारी सञ्चालन गर्दा पर्ने घाटा कसले व्यहोर्ने भन्ने प्रश्न पनि व्यवसायीले गरेका थिए ।

प्रतिक्रिया