मंगलबार, वैशाख १८, २०८१

आज थप २ सय ५५ मा कोरोना संक्रमण पुष्टि, कुल संख्या १६ हजार ४ नाघ्यो

नेपालखोज २०७७ असार २४ गते १६:४०

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा तप २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले आज थप २ सय ५५ मा संक्रमण पुष्टि भएसंगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ ।

त्यस्तै, आज ४ हजार ६ सय ९६ जनाको आरटी पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा २ सय ५५ जना संक्रमण पुष्टि भएको प्रवक्ता डा. गौतमले जानकारी दिए । हालसम्म कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३५ पुगेको छ । नेपालमा हाल ८ हजार ६ सय ३६ जना कोरोना संक्रमित उपचारका लागि आइसोलेसनमा छन् ।

प्रतिक्रिया