बुधबार, असार ४, २०८२

सुनचाँदीकाे मूल्य स्थिर

नेपालखोज २०८० असोज १९ गते १२:००

काठमाडौं । शुक्रवार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको हो ।

यस्तै, तेजाबी सुनको मूल्य पनि स्थिर रहँदै आज प्रतितोला १ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यता चाँदीको मूल्य समेत स्थिर रहँदै आज प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया