सातामा सात अर्ब ८० करोडको सेयर किनबेच

काठमाडौं । यो साता नेप्से १९ सय ५६ दशमलव ९२ अंकमा खुम्चिएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ७३ दशमलव ३७ अंकमा खुम्चिएको छ ।
नेप्सेमा यो साता दुई सय ८६ वटा कम्पनीहरुको तीन लाख ३२ हजार दुई सय ९७ पटकको कारोबारमा दुई करोड ५३ लाख ५१ हजार आठ सय ५८ कित्ता शेयर किनबेच हुुंदा कुल कारोबार रकम सात अर्ब छ करोड ३३ लाख ५२ हजार नौं सय ६३ रुपैंयाँ ८१ पैसा पुगेको छ । यो कारोबार रकम गत साताकै बराबरको हो ।
गत साता नेप्सेमा दुुई सय ८६ वटा कम्पनीहरुको दुई लाख ९६ हजार चार सय १४ पटकको कारोबारमा तीन करोड १२ लाख ८५ हजार आठ सय २८ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम सात अर्ब ८० करोड छ लाख ३७ हजार दुई सय १८ रुपैंयाँ २० पैसा पुगेको थियो । यो साता पाँच दिन नैं खुल्ला रहेको नेप्से पहिलो, तेस्रो र पाँचौं दिन घटेको थियो भने दोस्रो र चौंथो दिन बढेको थियो ।
दैनिक सेयर कारोबारको बिश्लेषण गर्दा पहिलो दिन ३३ दशमलव २० अंकले घटेर १९ सय ७१ दशमलव १० सिमित भएको नेप्से अन्तिम दिन ११ दशमलव चार अंकले घटेर १९ सय ५६ दशमलव ९२ अंंकमा खुम्चिएको थियो ।
यसैगरी पहिलो दिन पाँच दशमलव ५५ अंकले घटेर तीन सय ७७ दशमलव ३९ अंकमा सिमित भएको सेन्सिटिभ इन्डेक्स अन्तिम कारोबार दिन एक दशमलव ५३ अंकले घटेर तीन सय ७३ दशमलव ३७ अंकमा खुम्चिएको थियो ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये यो साता सिटिजन्स लाईफ इन्स्योरेन्स कम्पनी, एनआईसी एशिया बैंक, हिमालयन डिष्ट्रिलरी प्रालि, शिवम सिमेन्ट, सोल्टी होटल आदिको बढी रकम कारोबार हुँदा सिटिजन्स लाईफ इन्स्योरेन्स कम्पनी, शिवम सिमेन्ट, नबिल बैंक आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् ।
बजार पुंजीकरणको आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि देखिएका छन् ।
प्रतिक्रिया