शुक्रबार, असार १३, २०८२

प्रधानमन्त्रीसँग स्विडेनका गैर आवासीय राजदूतको शिष्टाचार भेट

नेपालखोज २०८० असोज १९ गते १३:२४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि स्वीडेनका गैरअवासीय राजदूत जन थिस्लिफले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएका सो भेटमा उनीहरुबीच आपसी हित र दुई देशबीचको सम्बन्धका बारेमा विचारविमर्श भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया