बुधबार, असार ४, २०८२

सुनचाँदीको मूल्य स्थिर

नेपालखोज २०८० असोज २८ गते ११:५२

काठमाडौं । नेपाल सुनचाँदी महासंघले आज सुनचाँदीको मूल्य स्थिर रहेको जानकारी दिएको छ ।

आजको बजार भाउ तोक्दै सुन र चाँदीकै मूल्य स्थिर रहेको जनाएको हो । महासंघले शनिबार एकै दिन २ हजार ९०० रुपैयाँ बढाएको थियो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार रुपैयाँ कायम रहेको जनाएको छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ४५० रुपैयाँ कायम छ । हिजो शनिबार पनि यही मूल्य कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १३ सय ९० रुपैयाँ कायम छ । हिजो शनिबार पनि यही मूल्यमा कारोबार भएको थियो । शुक्रबार तेजाबी सुनको मूल्य तोलामा १३ सय ४५ रुपैयाँ कायम थियो ।

प्रतिक्रिया