आइतबार, असार १५, २०८२

नेपाल उद्योग बाणिज्य महासंघमा ढकाल समूहको उम्मेदवारी घोषणा

नेपालखोज २०७७ असार ३० गते १५:०५

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभामा हुने चुनावका लागि उम्मेदवारी घोषणा भएको छ ।
कार्यक्रममा महासंघको चुनावका लागि वरिष्ठ उपाध्यक्षको पदमा चन्द्रप्रसाद ढकाले उम्मेदवारी दिएका छन् । उनको प्यानलबाट जिल्ला र नगर उपाध्यक्षमा गुणनिधि तिवारी तथा वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ अनि एसोसिएट उपाध्यक्षमा रामचन्द्र सांघाईको उम्मेदवारी पनि घोषणा भएको छ ।

ढकालले आफ्नो प्यानलबाट मंगलबार एक कार्यक्रमकाबीच उक्त घोषणा गरेको हो ।

उनको टीमले जित्ने पक्का भएको बताउँदै जितेपछि पनि गोल्छा समूहको नै सदस्य हुने जानकारी दिए । तर, गोल्छा समूहले वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार किशोर प्रधानलाई समर्थन गर्ने छाँटकाँट देखाएका छन् । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भन्ने पक्षमा भएपनि आफू यो विषयमा नलागेको ढकालले बताए ।

महासंघको वार्षिक साधारण सभा साउन २६ र २७ गते हुँदैछ ।

प्रतिक्रिया