आइतबार, असार १५, २०८२

बिरासत धान्ने गरी मौद्रिक नीति आउँछ – नेपाल राष्ट्र बैंक

नेपालखोज २०७७ असार ३० गते १६:५९

काठमाडौं । नेपाली कांग्रेस कोभिड-१९ अनुगमन समितिका संयोजक प्रकाशशरण महतको टोलीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेटवार्ता गरेको छ ।

टोलीले कोरोना महामारीका समयमा अर्थतन्त्रमा परेको प्रभाव तथा आगामी मौद्रिक नीतिका बारेमा नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ ।

भेटमा नेपालीको वर्तमान बैंकिङ प्रणालीमा रहेको स्थिरता नडगमगाओस भन्नेमा सजग रहेको गभर्नर अधिकारीले बताए । उनले भने, ‘एसियाका बैंकमध्येमा हामी सबल छौं, बिरासत धान्ने गरी मौद्रिक नीति आउँछ ।’ उनले नेपाल राष्ट्र बैंक अहिलेको अवस्थाको एकमात्र डुंगा भएको बताए । यो डुंगालाई सबैले थिच्यो भने राष्ट्रको अर्थतन्त्र पनि डुब्ने हुनाले सवैले सजग हुन आग्रह पनि गरे ।

प्रतिक्रिया