ट्रक व्यवसायीको विरोध कार्यक्रमहरु फिर्ता
काठमाडौँ । । नेपाल ट्रक यातायात व्यवसायी महासंघले यस अघि तय गरिएका विरोधका कार्यक्रमहरु फिर्ता लिएको छ ।
आज राजश्व, व्यवस्थापन महाशाख, आन्तरिक राजश्व विभाग, नेपाल ट्रक यातायात व्यवसायी महासंघ र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका पदाधिकारीहरुबीच अर्थमन्त्रालयमा बसेको संयुक्त बैठकले स्थायी लेखा नम्बर, भुक्तानीमा लाग्ने मूल्य अभिबृद्धि कर दर्तालगायतका विषयमा व्यवसायीको मागलाई सम्बोधन गरेकाले भोलीदेखि थाल्ने भनिएको विरोधका कार्यक्रम फिर्ता लिएको महासंघले एक विज्ञप्तिमार्फत जनाएको छ ।
साथै, नेपाल ट्रक यातायात व्यवसायी महासंघले अर्थमन्त्रालय र महासंघबीच भएको सम्झौता कार्यान्वयन गर्न व्यवसायीहरुलाई आग्रह पनि गरेको छ ।
यसअघि ढुवानी व्यवसायलाई मूल्य अभिवृद्धि कर (भ्याट) तथा अनलाइनमार्फत निगरानी गर्ने गरी सरकारले बजेटमार्फत ल्याएको अव्यवहारिक नीति सच्चाउन माग राख्दै ट्रक व्यवसायीले भोलीदेखि गाडी ग्यारेजमा थन्काएर विरोध जनाउने चेतावनी दिएका थिए ।
प्रतिक्रिया