शनिबार, असार १४, २०८२

सर्वदलीय बैठकमा ५ मिनेट पनि बसेनन् माधव नेपाल

नेपालखोज २०८० कार्तिक २१ गते १५:२८

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आमन्त्रणमा बोलाइएको सर्वदलीय बैठकमा सत्तागठबन्धन घटक नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल केहीबेरमै निस्किएका छन् ।

सिंहदरबारबाट बाहिरिँदै उनले ठूला राजनीतिक दल र गणतन्त्रविरुद्ध भइरहेका टिप्पणीको प्रतिवाद गरे ।

‘जनताको विश्वास प्राप्त गरेको व्यवस्थाको बारेमा कसैले केही भन्दैमा त्यसको पछि लाग्न हुँदैन । दलहरूमा एकता आवश्यकता छ । व्यवस्था बदलियो अवस्था बदलिएन भन्ने भाष्य त्यति उपयुक्त होइन’, नेपालले भने ।

प्रतिक्रिया