शनिबार, असार १४, २०८२

पुस १६ देखि १९ सम्म कांग्रेस महासमिति बैठक हुने

नेपालखोज २०८० कार्तिक २१ गते १६:२०

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक फेरि सरेको छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी दिएको हो । बैठक पुसको १६ गतेबाट १९ गतेसम्म सञ्चालन हुने कांग्रेस नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

उनले यसअघि मंसिरको १३—१५ सम्म बैठक बस्ने भनेपनि सफल नभएको र आइतवार बसेको केन्द्रीय कार्यसमितिको बैठकले मंसिरको २९ देखि पुसको २ गतेसम्म गर्ने भनेपनि चाडपर्वको कारण पुनः सार्नुपरेको बताए ।

प्रतिक्रिया