शनिबार, असार १४, २०८२

थवाङ पुगे प्रचण्ड

नेपालखोज २०८० कार्तिक २४ गते १४:०८

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड झण्डै ६ वर्षपछि रोल्पाको थवाङ पुगेका छन् । माओवादीको विशेष रुपान्तरण अभियान अन्तरगत थवाङ गाउँपालिकाको कार्यक्रममा भाग लिन उनी थवाङ पुगेका हुन् ।

सशस्त्र द्वन्द्वका क्रममा थवाङलाई माओवादीको आधार क्षेत्रका रुपमा समेत चिनिन्थ्यो । पहिलो संविधानसभा निर्वाचनमा प्रचण्ड काठमाडौं १० का साथै रोल्पाबाट चुनाव जितेका थिए ।

झण्डै ६ वर्षपछि थवाङ पुगेका प्रचण्डले ४० वर्षअघि पहिलोपटक थवाङ आएको सम्झिए । सशस्त्र विद्रोहको तयारी, उठान र सञ्चालन पनि यहीँबाट गरिएको भन्दै उनले भने, ‘थवाङ विचार र क्रान्तिको प्रतिक हो । यसले विचार दियो, गुणात्मक परिवर्तन दियो । एउटा ऐतिहासिक क्रान्तिको नेतृत्व गरेको छ ।’

प्रतिक्रिया