मंगलबार, वैशाख १६, २०८२

गौमाताको शोभायात्रा

नेपालखोज २०८० मंसिर ३ गते १८:१९

गोदावरी (ललितपुर) । विश्व हिन्दू परिषद् नेपालले मङ्सिर ४ गतेबाट गौमाताको शोभायात्रा गर्ने भएको छ ।

शङ्खमूलस्थित बागमती प्रादेशिक सम्पर्क कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा विश्व हिन्दू परिषद् नेपालका अध्यक्ष देवराज अधिकारीले वर्तमान परिस्थितिमा गौमाताको महत्व अझ सक्रियरूपमा जनजनमा पुर्याउनुपर्ने आवश्यकता भएको भन्दै यहीँ मङ्सिर ४ देखि ११ गतेसम्म गौमाताको शोभायात्रा निकाल्न लागिएको जानकारी दिए ।

गोपाष्टमीको शुभ मुहूर्तमा श्रीमद् गौरपुराण ज्ञान महायज्ञको आरम्भ गरी मङ्सिर ११ गते समापन हुने कार्यक्रममा पहिलोपटक नेपाली भाषामा गौपुराणको किताब प्रकाशन गरी जनसमक्ष पुर्याउने उनले बताए ।

प्रतिक्रिया