मंगलबार, वैशाख १६, २०८२

आईसीसी विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियालाई

नेपालखोज २०८० मंसिर ४ गते ५:५७

काठमाडाैं । आईसीसी विश्वकप क्रिकेटका उपाधि अस्ट्रेलियाले जितेको छ । फाइनलमा घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलियाले उपाधि जितेको हो । विश्वकप इतिहासमा सर्वाधिक सफल अस्ट्रेलियाको यो छैटौं उपाधि हो ।

समूह चरणमा सवै खेल जितेर सेमिफाइनल पुगेको भारतले न्यूजिल्याण्डलाई सेमिफाइनलमा पराजित गरेको थियो । अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

भारतले दिएको २४१ रनको लक्ष्य अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो । अस्ट्रेलियालाई जिताउनका लागि ट्राभिस हेडले शानदार शतकीय पारि खेले । भारतका जसप्रित बुमराहले २ विकेट लिँदा मोहमद सामी र मोहमद सिराजले एक एक विकेट लिए । 

अहमदाबादमा पहिले खेल्दै भारतले निर्धारित ५० ओभरमा २४० रनको मामूली स्कोर बनाएर अष्ट्रेलियालाई जितका लागि २४१ रनको लक्ष्य दिएको थियो । भारतका लागि केएल राहुल र विराट कोहलीले अर्धशतक बनाए भने अष्ट्रेलियाका लागि मिचेल स्टार्कले सर्वाधिक ३ विकेट लिए । अष्ट्रेलियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपनि भारतले निकै तीव्र सुरुवात गरेको थियो ।

प्रतिक्रिया