सोमबार, असार २३, २०८२

पछिल्लाे २४ घण्टा यता थप १ सय ८६ जनामा काेराेना पुष्टि

नेपालखोज २०७७ साउन ५ गते १६:३८

काठमाडाैं । नेपालमा थप १ सय ८६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस बिफ्रिङमा पछिल्लाे २४ घण्टा यता ४ हजार २ सय १६ जनाकाे परीक्षण गरिएकामा १ सय ८६ जनामा काेराेना भेटिएकाे  प्रवक्ता डा. जागेश्वर गाैतमले बताएका छन् ।

याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १७ हजार ८ सय ४४ पुगेकाे छ भने ४० जनाकाे मृत्यु भएकाे छ ।

पछिल्लाे समय  १ सय ७३ जना काेराेना मुक्त भएका छन् भने हालसम्म काेराेना संक्रमणबाट ११ हजार ८ सय ६८ मुक्त भइसकेका छन् ।

प्रतिक्रिया