आइतबार, असार १५, २०८२

भूकम्प प्रभावित क्षेत्रमा १ हजार घर बनाउन कांग्रेसले पठायो टोली

नेपालखोज २०८० मंसिर ४ गते १२:५९

काठमाडौं । नेपाली कांग्रेसले भूकम्प प्रभावितका एक हजार घर बनाउन दक्ष जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा सोमबार विहान बसेको बैठकले एक हजार घर बनाउन दक्ष जनशक्तिको टोली परिचालन गर्ने निर्णय गरेको हो ।

प्रभावित क्षेत्रमा भिडभाड नहुने गरी दक्ष जनशक्ति सहितको टोली पठाउने महामन्त्री गगन थापाले जानकारी दिए । त्यसका लागि केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा पहिलो टोली सोमबार नै भूकम्प प्रभावित क्षेत्रमा गएको छ ।

पदाधिकारी बैठकको सुरुमा उपसभापति एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारले भूकम्प प्रभावितका लागि सरकारले हालसम्म गरेका कार्यको ब्रिफिङ गरेका थिए । महामन्त्रीको संयोजकत्वमा बनेको समितिले गरेका कामको महामन्त्री थापाले जानकारी गराएका थिए ।

प्रतिक्रिया