आइतबार, असार १५, २०८२

संसदमा रंगभेदविरुद्ध संकल्प प्रस्ताव दर्ता

नेपालखोज २०८० मंसिर ७ गते ११:३५

काठमाडौं । जनमत पार्टीले संसदमा रंगभेदविरुद्ध संकल्प प्रस्ताव दर्ता गरेको छ ।

जनमत पार्टीका अध्यक्ष सिके राउतले मंसिर गतेलाई रंगभेदविरुद्ध एकता दिवस मनाउन र रंगभेद नगर्ने राष्ट्रिय संकल्प लिन आवश्यक रहेको भन्दै प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता गरेका हुन् ।

प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७९ मा संकल्प प्रस्ताव दर्ता गर्न सकिने व्यवस्था छ ।

नेपालको संविधानले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक एकबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रबर्द्धन गरेको संकल्प प्रस्तावमा उल्लेख छ ।

प्रतिक्रिया