आइतबार, असार १५, २०८२

बल्खु क्षेत्र तनावग्रस्त

नेपालखोज २०८० मंसिर ७ गते १५:१९

काठमाडाैं । बल्खुको स्थिति तनावग्रस्त बनेको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहले प्रहरीको घेराबन्दी तोड्न खोजेपछि स्थिति तनावग्रस्त बनेको हो।

सो क्रममा प्रहरीले लाठीचार्जसमेत गरेको छ भने प्रदर्शनकारीले ढुंगा हानाहान गरेका छन्।

प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।

प्रतिक्रिया