प्रधानमन्त्रीसँग शिष्टाचार भेट
नेपालखोज
२०८० मंसिर ८ गते १७:२३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल भ्रमणमा रहनुभएका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीले शिष्टाचार भेटवार्ता गरेका छन् ।
त्यस अवसरमा उनीबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । साथै उनीहरूबीच लगानी र श्रम सहयोगबारे पनि विचार आदानप्रदान भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया