आइतबार, असार १५, २०८२

स्वागत समारोहमा उपराष्ट्रपति यादव

नेपालखोज २०८० मंसिर ९ गते २०:४७

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव संयुक्त अरब इमिरेट्स (युएई)को ५२औँ राष्ट्रिय दिवसका अवसरमा आज साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी भए ।

नेपालका लागि युएईका राजदूत अब्दुल्ला जरवान अल साम्सीले आयोजना गरेको समारोहमा मन्त्रिपरिषद्का सदस्य, उपसभामुख, सांसद, संवैधानिक अङ्गका प्रमुख, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका वरिष्ठ अधिकारी, उद्योगपति, वरिष्ठ पत्रकारलगायत समाजका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति थियो ।

त्यस अवसरमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत अल साम्सीले यसै महिना दुबईमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका विविध पक्षबारे चर्चा गर्दै जलवायु परिवर्तनका कुप्रभाव रोक्न सामूहिक प्रयास आवश्यक भएको बताए ।

उनले आफ्नो देश दिगो एवं हरित विकासका लागि अल्पविकसित एवं विकासशील राष्ट्रहरूसँग सहकार्य गर्न तत्पर रहेको बताए ।

प्रतिक्रिया