कांग्रेसको लेखा समितिले पायो पूर्णता
नेपालखोज
२०८० मंसिर ११ गते १४:३५

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय लेखा समितिले पूर्णता पाएको छ । केन्द्रीय सदस्य श्याम घिमिरेको संयोजक रहेका समितिलाई सभापति शेरबहादुर देउवाले सोमबार पूर्णता दिएका हुन् ।
सभापति देउवाले समितिमा चार सदस्य थपेका छन् । धनुषाका दिलीप ढुङ्गाना, अर्घाखाँचीका डा. डेविड बस्याल, मकवानपुरका अनन्त कार्की र सिन्धुलीका अनन्त कार्कीलाई सदस्यमा मनोनित गरिएको छ ।
कांग्रेस नेता दीपकुमार उपाध्याय लेखा समितिको संयोजक हुँदा ढुङ्गाना सदस्य थिए । रजिष्टर्ड अडिटर ढुङ्गाना कांग्रेसको अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाका भाइ हुन् । बस्याल अर्थशास्त्रको प्राध्यापक हुन् ।
लेखा समितिमा मनोनित अर्का सदस्य नेपाल चाटर्ड एकाउन्टेन्ट हुन् । संयोजक घिमिरेको जिल्लावासी कार्की रजिष्टर्ड अडिटर हुन् ।
सम्बन्धित
प्रतिक्रिया