राष्ट्रिय स्वतन्त्र पार्टीको संयुक्त बैठक सुरु
नेपालखोज
२०८० मंसिर ११ गते १६:१७

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक सुरु भएको छ । बैठक तीन दिनसम्म चल्नेछ ।
महोत्तरीको जलेश्वरमा सभापति रवि लामिछानेको अध्यक्षतामा सुरु भएको बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र प्रदेश सभापतिकोसमेत सहभागिता रहेको छ ।
बैठकमा राजनीतिक, साङ्गठनिक, आर्थिक, अनुशासनसम्बन्धी प्रतिवेदन प्रस्तुत हुनुका साथै सांसद र संसदीय कार्यको समीक्षा, पार्टीको समग्र रणनीति र महाधिवेशनलगायत विषयमा छलफल हुने पार्टी महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया