पार्टी सभापतिकाे आह्वानमा कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्दै
नेपालखोज
२०८० मंसिर १३ गते ७:२५

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज बस्दै छ । पार्टी सभापति शेरबहादुर देउवाकाे आह्वानमा पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्न लागेकाे हाे । आजकाे बैठकमा आसन्न महासमिति बैठकको तयारीबारे छलफल गर्ने जनाइएकाे छ । बैठक दिउँसो १ बजेका बस्ने छ ।
देउवा निवास धुम्बाराहीमा बस्ने बैठकमा महासमितिमाथि केन्द्रित छलफल हुनेछ । कांग्रेसले आगामी पुस १६ देखि १९ गतेसम्म महासमिति बैठक गर्न लगाएको छ ।
कांग्रेसले महासमिति बैठकका लागि नीतिगत प्रस्ताव उपसभापति पूर्णबहादुर खड्का, साङ्गठनिक प्रतिवेदन महामन्त्री गगनकुमार थापा र समसामयिक राजनीतिक प्रतिवेदन महामन्त्री विश्वप्रकाश शर्माले तयार गर्ने जिम्मा दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया