शनिबार, जेठ ५, २०८१

गैंडा मारेर खाग बिक्री गरेको आरोपमा ८ जना पक्राउ

नेपालखोज २०८० मंसिर १४ गते १५:५०

चितवन । चितवनमा गैंडा मारेर खाग बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।

मुकाम चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी पक्राउ परेका ८ जनालाई सार्वजनिक गरेको हो। गत कात्तिक ३० गते निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली क्षेत्रमा दुई वटा पोथी गैंडालाई खाडल खनेर मारेको अवस्थामा फेला परेको थियो।

गैंडाको खाग काटेर लगेको अवस्थामा फेला परेपछि अनुसन्धान गरी गैंडा मार्नेको खोजी गरिएको निकुञ्जका महानिर्देशक डा. सिन्धुप्रसाद ढुंगानाले जानकारी दिए।

अनुसन्धानको क्रममा निकुञ्जले दुई वटा खाग पनि बरामद गरेको छ।

१८ इन्च गोलाइ, ६ इन्च उचाइ भएको र ४८० ग्रामको एउटा र ११.८ इन्च गोलाइ, २ इन्च उचाइ भएको र ६० ग्रामको अर्को खाग बरामद भएको हो।

गैंडा सिकार गर्न प्रयोग भएका हतियारहरू पनि बरामद भएका छन्।

प्रतिक्रिया